काठमाण्डु, २५ साउन– काँग्रेस पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।
बुधबार बोलाइएको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का तथा धनराज गुरुङ अनुपश्थित भएपछि बैठकको अध्यक्षता गगनले गरेका हुन् । प्रधानमन्त्री देउवाले कार्यव्यवस्तताका कारण आफू बैठकमा आउन नसक्ने जानकारी गराएका थिए ।
उपासभापति खड्का कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा छन् । काँग्रेसले आगामी ३० र ३१ साउनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । सोही कार्यक्रमको तयारीबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बसेको हो ।