केपी ओलीले भाषण गरिरहेका बेला होहल्ला गर्दै सहभागीले छाडे हल

काठमाण्डु टुडे २०७९ साउन २४ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एमाले अध्यक्ष केपी ओलीली भाषण गर्दैै गर्दा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा सहभागीले होहल्ला गरेका छन् ।
एमाले कार्यकर्ताकै बर्चश्व रहेको सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा ओली बोल्दै गर्दा सहभागीले होहल्ला गर्दै हल छाडेका हुन् । कार्यक्रममा ओलीभन्दा पहिला वनमन्त्री प्रदीप यादव बोलेका थिए ।

ओली प्रमुख अतिथिका रुपमा मन्तव्य दिँदै थिए । तर, मानिसहरु कार्यक्रम छाडेर बाहिरिए र खाजा खान थाले । ओलीले शान्त हुन आग्रह गर्दा पनि उनीहरुले मानेनन् । अन्ततः उनले २० मिनेटमै भाषण सकाए ।

कार्यक्रममा ओलीले वनस्पति बिना मानव जीवनको कल्पना गर्न नसकिने बताए ।
वन तथा वातावरण मन्त्री यादवले सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उत्कृष्ट रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us