प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको एमालेको आरोप

काठमाण्डु टुडे २०७९ साउन २४ गते १५:१३ मा प्रकाशित


काठमाण्डु, २४ साउन– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति जवाफदेही नभएको नभएको भन्दै सरकारको आलोचना गरेका छन ।

पूर्व गृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएको भन्दै उनले प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति जनाएका छन ।

उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको बताएका छन ।

मंगलबार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताएका छन ।

सांसद अधिकारीले महिलाहरूसँग क्षमता भएकाले उनीहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us