भरतपुर महानगरको समस्या आफ्नै व्यक्तिगत समस्याजस्तो लाग्न थालेको छः रेणु

काठमाण्डु टुडे २०७९ साउन २३ गते १९:३९ मा प्रकाशित

चितवन, २३ साउन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरका हरेक समस्या अब आफ्ना व्यक्तिगत समस्याजस्तो लाग्न थालेको बताएकी छन् ।

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा रेणुले भरतपुरको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताइन् ।

उनले अन्यत्रको भन्दा फरक काम कसरी गर्ने भन्नेबारे आफूले सधैं सोच्ने गरेको उल्लेख गरिन् ।

अघिल्लो कार्यकाल पनि भरतपुरमा कसरी अन्तभन्दा पृथक र राम्रो गर्न सकिएला भन्नेतर्फ आफ्नो प्रयास केन्द्रित रहेको स्मरण गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us