छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु, आमा गुमाएको पीडाले छोरा अचेत

काठमाण्डु टुडे २०७९ साउन २३ गते ११:१० मा प्रकाशित

झापा, २२ साउन– झापामा छोराले गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको आफ्ने छोराले चलाएको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो ।

नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुरबीचमा आइतबार साँझ छोरा सुमनले चलाएको मोटरसाइकलबाट लक्ष्मीमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुमनले सडकबीचमा रहेको खाल्डो छल्न खोज्दा मोटरसाइकल अनियन्त्रित भएपछि लक्ष्मी खसेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी लक्ष्मीको उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

आमाको मृत्युपछि अचेत भएका सुमनको अझैसम्म होस आएको छैन । उनलाई आइसीयूमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us