काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाण्डु टुडे २०७९ साउन २३ गते ७:२८ मा प्रकाशित

काठमाण्डु, २३ साउन– काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

शनिबारदेखि खोकी र ज्वरो आएपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । चिकित्सकको सल्लाहमा खड्का आइतबारदेखि होम आइसोलेसनमा बसेका छन् । खड्काका स्वकीय सचिव स्वकीय सचिव गौतम बीसीले यनको अवस्था सामान्य रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us