काठमाण्डु,२०- साउनवीरगञ्ज महानगरपालिका ले शुक्रबार शोक बिदा दिइएको छ ।
महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कर्मचारी सुशिलकुमार राउतको मृत्यु भएकोले शोक बिदा दिएएको हो ।
अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
कार्यलयमा २० गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख गरीएको छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन अनुरोध गरीएको छ।