दाङमा घट्यो चलचित्रको जस्तो घटनाः भाउजु बचाउँदा श्रीमान–श्रीमतीको मृत्यु

काठमाण्डु टुडे २०७९ साउन १७ गते ७:३५ मा प्रकाशित

दाङ, १७ साउन– दाङको राप्ती गाउँपालिका–२ बाहुन पाटेमा सोमबार पकडा सुकाउँदै गरेकी २७ वर्षीया भिमा गाहा मगरलाई करेन्ट लाग्यो ।

जेठानी भिमालाई करेन्ट लागेपछि २५ वर्षीया देउरानी हिमा गाहामगर उनलाई बचाउन गइन् । करेन्टको झड्काले उनलाई पनि भेट्यो । भाउजु र श्रीमतीलाई करेन्ट लागेको देखेपछि हिमाका श्रीमान २८ वर्षीय बासु गाहामगर उनीहरुले बचाउन गए ।

बासुले लठ्ठीले तरामा हिर्काए । तर छिन्यो, भाउजुलाई बताए । तर, दुर्भाग्य छिनेको तारबाट करेन्ट प्रवाह भई बासुलाई भेट्यो । उनकी श्रीमती हिमाले समातिन्, उनलाई पनि करेन्टले समात्यो । दुवैको घटनास्थलमा तत्काल मृत्यु भयो ।

इलाका प्रहरी कार्यालय भालुवाङका निरीक्षक सुजनविक्रम शाहका अनुुसार करेन्ट लागेर सामान्य घाइते भएकी भिमा गाहामागरको उपचार भइहरेको छ । मृतकको शव पोष्टमार्टमका लागि लमहीस्थित अस्पतलमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us