स्वर्णिम वाग्लेसहित तीन जनालाई उत्तराधिकारी बनाउने बाबुरामको चाहना

काठमाण्डु टुडे २०७९ साउन १५ गते १६:५० मा प्रकाशित

काठमाण्डु, १५ साउन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन बौद्धिकलाई आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन् ।

उनले स्वर्णिम वाग्ले, लक्ष्मी देवकोटा र उत्तमबाबु श्रेष्ठलाई गोखराबाट चुनाव जिताएर उत्तराधिकार सुम्पने चाहना हरेको बताए ।  भट्टराईले वाग्ले, देवकोटा र श्रेष्ठलाई गोरखामा जन्मिएर ‘विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक’ व्यक्तिको संज्ञा दिएका छन् ।

भट्टराईले यी तीनलाई चुनाव जिताएर केही दशक मुलुकको नेतृत्वमा स्थापित गराउन पाए कस्तो हुन्थ्यो होला भन्ने प्रश्न गरेका छन् । यद्यपि उनले विद्यमान निर्वाचन प्रणालीबाट त्यो सम्भव नरहेको उल्लेख गरे । आफ्नो चाहना मनको लड्डुभएको पनि उनले टिप्पणी गरे ।

वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, देवकोटा बुढीगण्डकी विकास समितिका पूर्वअध्यक्ष र श्रेष्ठ वातावरण विज्ञानका ज्ञाता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us