काठमाण्डू,१३ साउन– बिहीबार नेपाल आएका अमेरिकी सहायक विदेश मन्त्रीडोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा देउवा र लुबीच भेट भएको हो । भेटका क्रममा दुई देशबीचकोमैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।
‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च तहको आर्थिक संलग्नताका हुनुपर्ने बताएँ,’ देउवाले ट्विट गर्दैभनेका छन । यसअघि लुले शुक्रबारै परराष्ट्रमन्त्री नारायण डा. नारायण खड्कालाई सिंहदरबारस्थित उनकैकार्यकक्षमा भेटेका थिए ।