जसपाका तीन मन्त्रीले लिए सपथ

काठमाण्डु टुडे २०७९ असार २० गते १८:१० मा प्रकाशित

काठमाण्डु, २० असार– जनता समाजवादी पार्टी जसपाका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई सपथ गराएकी हुन् ।

प्रधानमन्त्री देउवाले राईले भौतिक पूर्वाधार, सिंहलाई कृषि तथा पशुपंक्षी र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
समाजवादीका केन्द्रीय कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कृषिमन्त्री मन्त्रीहरु महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जनालाई नयाँ नियुक्त गर्न सिफारिस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us