फेरि आइतबार पनि बिदा दिने तयारी

काठमाण्डु टुडे २०७९ असार २० गते १८:०५ मा प्रकाशित

काठमाण्डु, २० असार– सरकारले फेरि आइतबार पनि सार्वजनिक बिदा घोषणा गर्ने तयारी भएको छ ।

नेपाल आयल निगमले इन्धनको खपत घटाउन आइतबार पनि बिदा दिने निर्णय पुनः गर्न सरकारलाई सिफारिस गरेको हो ।

नियम प्रवक्ता विनितमणि उपाध्यायले यसअघि आइतबार बिदा दिँदा इन्धन खपत उल्लेख्य घटेको बताउँदै पुनः सोही व्यवस्था लागू गर्न सञ्चालक समितिले सिफारिस गरेको बताए । यसअघि गत चैतमा लागू भएको सो व्यवस्था प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषले १ असारदेखि हटाएको थियो ।

इन्धन खपत घटाउन निगमले सरकारलाई पठाएको विभिन्न १० सुझावमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न उल्ले ख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us