पानी जमेको खाल्डोमा युवतीको शव

काठमाण्डु टुडे २०७९ असार २० गते १२:०७ मा प्रकाशित

मोरङ, २० असार– मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा युवतीको शव फेला परेको छ ।

पानी जमेको खाल्डोभित्र सोमबार युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी २५ वर्षीया युवतीको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

मोरङ प्रहरीका अनुसार मृतकको सनाखत गर्ने प्रयास जारी छ । शव पोष्टमार्टमका लागि रंगेली अस्पताल ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us