रौतहटमा दुई भारतीय युवकको शव भेटियो

काठमाण्डु टुडे २०७९ असार १९ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, १९ असार– रौतहटमा दुई भारतीय युवकको शव फेला परेको छ । रौतहटको चन्द्रपुर–१ पौराही नुनथरस्थित मागमति नदी किनारमा उनीहरुको शव भेटिएको हो ।

उनीहरु शनिबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत सीतामढीका २४ वर्षीय मयंक अग्रवाल र वर्ष २१ का रितेश साह मृत फेला परेको प्रहरीले जनाएको छ ।

सँगै खोलामा डुबेका ३० वर्षीय सुमन साहको भने स्थानीयले तत्काल उद्धार गरी ज्यान बचाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us