पाँच नेताले गरे नेकपा ब्युँताउने सहमति

काठमाण्डु टुडे २०७९ असार १९ गते १९:४१ मा प्रकाशित

काठमाण्डु, १९ असार– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको बैठक बसेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच आइतबार साँझ छलफल भएको हो ।

ललितपुरको एक निवासमा भएको पाँच नेताको बैठकले विचार, दष्टिकोण र राजनीतिक कार्यदिशामा समानता भएका कम्युनिष्ट पार्टीहरुबीच धु्रवीकरण गेर जाने सैद्धान्तिक सहमति गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वीय सचिव रमेश मल्लले भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससङ्गको गठबन्धन आदि विषयमा छलफल भएको बताए ।

उनले छलफललाई निरन्तरता दिने समझदारी पनि नेताहरुबीच भएको जानकारी दिए । श्रोतका अनुसार आसन्न निर्वाचन अगावै पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन नेताहरु तयार भएका छन् ।

नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्नेबारे करिब सहमति भएको दाबी श्रोतको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us