निर्वाचनको अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

काठमाण्डु टुडे २०७९ असार १९ गते १९:०१ मा प्रकाशित

काठमाण्डु, १९ असार– एमालेले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेल्नेमाथि छानबिनका लागि कार्यदल गठन गरेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा उप–महासचिव विष्णु रिमाल र संगठन विभाग प्रमुख खगराज अधिकारी सदस्य छन् ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कार्यदलले निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गरी कारबाही सिफारिस गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us