माओवादी निस्कर्षः स्थानीय निर्वाचनमा काँग्रेसले धोका दियो

काठमाण्डु टुडे २०७९ असार १९ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, १९ असार– माओवादी केन्द्रले काँग्रेसले गठबन्धनमा धोका दिएका कारण स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम नआएको निस्कर्ष निकालेको छ ।
केन्द्रीय समितिको आइतबार सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा काँग्रेस गठबन्धनप्रति इमान्दार नभएको उल्लेख छ ।

आफू बलियो भएको स्थानमा काँग्रेस एक्लै लडेको र माओवादी बलियो भएको स्थानमा एमालेसहित अन्य दलसँग गठबन्धन गरेर काँग्रेसले बेइमानी गरेको प्रचण्डले पेश गरेको दास्तावेजमा उल्लेख छ ।

रोल्पा, रुकुम, कालीकोट, सिन्धुपाल्चोलकसहित माओवादी प्रभाव बलियो भएको जिल्लामा काँग्र्रेसले गठबन्धनको भावनाविपरीत आफूविरुद्ध एमालेसहितका दलसँग तालमेल गरेको प्रचण्डले बताए ।

तर, माओवादी कार्यकर्ता र मतदाताले भने गठबन्धनप्रति इमान्दार भएको निस्कर्ष प्रचण्डको छ । यस्तै पार्टीभित्रै पनि ठाउँठाउँमा अन्तर्घात भएकाले नतिजा प्रभावि भएको प्रचण्डको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us