माओवादी भावुक पार्टी हो, रोइदिएपछि केन्द्रीय सदस्य बन्न पाइन्छ

काठमाण्डु टुडे २०७९ असार १९ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, १९ असार– माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य मनोनित प्रक्रियाबारे गम्भीर प्रश्न उठेको छ ।

र बागमति प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले प्रदेशका तर्फबाट रिपोर्टिङ गर्ने क्रममा नेतृत्वका अगाडि रोएकै भरमा केन्द्रीय सदस्य याइने प्रवृत्ति संस्थागत हुन खोजेको भन्दै आपत्ति जनाए । उनले योग्यता नपुगेकाहरु पनि रोकएर केन्द्रीय सदस्य बनेको उल्लेख गरे ।

‘माओवादी भावुक पार्टी बनेको छ’, पौडेलले भने, ‘कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ ।’

पौडेलले पार्टीमा व्यक्तिवाद हाबी भएको, नेताहरुलाई असल र योग्य कार्यकर्ता भन्दा चाकडीबाज मनपर्ने गरेको भन्दै कटाक्ष गरे ।

महाधिवेशन सम्पन्न भएको सात महिना बित्दासमेत पदाधिकारी चयन हुन नसेकको भन्दै उनले तत्काल पदाधिकारी चुन्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us