जब माओवादी नेताले कार्यकर्तालाई खुट्टा ढोगाए…

काठमाण्डु टुडे २०७९ असार १९ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री शिवकुमार मण्डलले विवाहको वार्षिकोत्सवमा कार्यकर्तालाई खुट्टा ढोगाएका छन् ।

मण्डल विराटनगर–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । मण्डलको वैवाहिक समारोहमा कार्यकर्ताले निधार खुट्टामा राखेर ढोगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा मण्डलको खुट्ट ढोग्ने माओवादी कार्यकर्ता देवा यादव हुन् ।

उनले शनिबार साँझ विराटनगर महानगरपालिका–१ स्थित निवासमा आयोजित मण्डको वार्षिकोत्सव समारोहमा खुट्टा ढोगेका हुन् । सामाजिक सञ्जालमा कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै उनको आलोचना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us