माओवादी बैठकमा प्रचण्डले पेश गरे ९ एजेण्डा

काठमाण्डु टुडे २०७९ असार १९ गते १२:५६ मा प्रकाशित

तस्वीरः विजय गौतमको फेसबुकबाट

काठमाण्डु, १९ असार–माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ वटा कार्यसूची प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु बैठकमा प्रचण्डले कार्यसूची पेश गरेका हुन् ।

पार्टी विधानअनुसार मनोनित गरिएका नयाँ सदस्यहरुको सपथ, सातवटै प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्टे, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघीय निर्वाचन तयारीलगायत एजेण्डामा बैठकमा छलफल हुने प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us