काठमाण्डुको बबरमहलमा कार पल्टियो

काठमाण्डु टुडे २०७९ असार १९ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, १९ असार– काठमाण्डुको बबरमहलमा आइतबार बिहान कार दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा२च ८५३३ नम्बरको कार बिहान तीन बजेतिर अनियन्त्रित भएर पल्टिँदा कार चालक भक्तपुर कमल बिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी घाइते भएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

घाइते सबैको नयाँबनेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गिरीको अवस्था चिन्ताजनक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us