प्रहरीमा ठूलो संख्यामा भर्ती खुल्यो

काठमाण्डु टुडे २०७९ असार १९ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ती खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालअन्तर्गतको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखााले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९ सय १७ जनाको भर्ती खुलेको सूचनामार्फत जानकारी दिएको हो ।

प्रहरी सहायक निरीक्षक (असई) मा चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको सूचनामा उल्लेख छ । शाखाले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us