माओवादी केन्द्रीय समिति बैठक आज

काठमाण्डु टुडे २०७९ असार १९ गते ७:४८ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

तीन दिन बस्ने बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषय, कार्यविभाजन र आसन्न निर्वाचन तयारी लगायत विषय समेटेर प्रतिवेदन पेश गर्नेछन् ।

पार्टी महाधिवेशनपछि माओवादी केन्द्रको बैठक बस्न लागेको यो दोश्रोपटक हो । यसअघि १९ पुसमा बसेको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो त्यसयता पटकपटक मिति तोकिए पनि बैठक बस्न सकेको थिएन ।

महाधिवेशन सकिएको ७ महिना बिते पनि पदाधिकारीसहित स्थायी समिति र पोलिट्ब्युरो चयन हुन सकेको छैन ।

यो बैठकले पोलिट्ब्युरो र स्थायी समिचि चयन गरे पनि पदाधिकारी चयनको सम्भावना नरहेको एक नेताले बताए । यद्यपि बैठकको एजेण्डामा पदाधिकारी चयनलाई पनि राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us