वामदेव पार्टी संयोजकबाट हटेका छैनन् !

काठमाण्डु टुडे २०७९ असार १९ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा एकता राष्ट्रिय अभियानले वामदेव गौतमलाई संयोजकबाट निस्काशन नगरिको दाबी गरेको छ ।

प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्ति जारी गर्दै गौतम संयोजक कायमै रहेको दाबी गरेका हुन । अभियानका बहुमत सदस्यहरुको बैठकले शनिबार गौतमलाई हटाएर सचिवालय सदस्य युवराज सफलको नेतृत्वमा अभियान पुनर्गठन गरिएको भन्दै विज्ञप्ति जारी भएको थियो ।

तर, पाण्डेले सफलले अभियानबाठ राजीनामा दिएको र १७ असारमा अभियान संयोजक वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले राजीनामा स्वीकृत गरिसकेको बताए ।

अभियानबाट राजीनामा दिइसकेका व्यक्तिले वामदेवमाथि कारबाही गरेको भन्दै समाचार नै गलत भएको पाण्डेको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us