गुल्मीमा जेठाजुले गरे बुहारी बलात्कार

काठमाण्डु टुडे २०७९ असार १८ गते १३:४४ मा प्रकाशित

गुल्मी, १७ असार– जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् ।

गुल्मी प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालका अनुसार भाई बुहारी पर्ने १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–६ का एक पुरुषलाई पक्राउ गरिएको हो ।

जबर्जस्ती करणी भएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको दाहालको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us