निजगढ विमानस्थल गेमचेन्जर आयोजना हो, कुनै हालतमा रोक्नु हुन्नः प्रचण्ड

काठमाण्डु टुडे २०७९ असार १८ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, १७ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा धावन मार्ग (रन वे) हुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अरु नेतासँगै विमानस्थल निर्माणको अवलोकन गर्न शनिबार निजगढ पुगेका उनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले दुईवटा रन वे बनाउन प्रस्ताव गरेको र त्यसमा आफूहरुको समर्थन रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीजीले दुईटा रन वे बनाउने गरी गो अहेड भनिसक्नुभएको छ’, प्रचण्डले भने, ‘त्यसमा हाम्रो समर्थशन छ ।’

प्रचण्डले निजगढ विमानस्थलमा अरबौंको लगानी भइसकेकाले कुनै पनि हालतमा निर्माण रोक्न नहुने बताए । विमानस्थल नबने काठाण्डु–तराई दु्रत मार्गको पनि औचित्य नरेहको उनको भनाइ थियो ।

‘फास्ट ट्र्याकको डिपिआर बनाउँदा नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर गरिएको थियो’, उनले भने । निजगढ विमानस्थल मुलुकको ड्रिम प्रोजेक्ट र अर्थतन्त्रका लागि ‘गेमचेन्जर’ आयोजना भएको प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us