देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ विमानस्थल अनुगमनमा

काठमाण्डु टुडे २०७९ असार १८ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, १७ असार– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेता प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुमगमनका लागि बाराको निजगढ पुगेका छन् ।

देउवासहित सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत निजगढ पुगेका हुन् । शीर्ष नेताको साथमा खानेपानीन्त्री उमाकान्त चौधरी पनि छन् ।

सर्वोच्च अदालतले बुधबार काम रोक्नु भन्ने आफ्नो विगतको फैसलाको पूर्णपाठमा केही सच्याँदै वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (इआईए) गरी कामभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउन आदेश दिएको थियो । अदालतको पूर्णपाठले निजगढमा विमानस्थल बनाउन बाटो खुला गरेको छ ।

यसअघि फैसला सुनुवाइका क्रममा सर्वोच्चले निजगढमा विमानस्थल निर्माणसम्बन्धी हालसम्म भएका सबै काम रद्द गर्न निर्देशन दिएपछि राजनीतिक दलहरुले संसद र बाहिरबाट समेत उक्त फैसलाप्रति आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us