प्रचण्डको आरोपः एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरेका हुन्

काठमाण्डु टुडे २०७९ असार ९ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ९ असार– सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार नै बढी जिम्मेवार भएको बताएका छन्। त्यसमा पनि तत्कालीन अवस्थामा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका ओली जिम्मेवार रहेको प्रचण्डको आरोप छ।

बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिरसमेत गरे।

 ‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । म चुनौती दिन्छु भनेर मैले बोलेँ । तपाईहरुले सुन्नुभएको होला । दिउँसो त केपी गुटको मुख्य मान्छेमध्ये एकजनाले मैले गरेको कुरालाई खण्डन गर्दै ल प्रमाणित गरेर देखाउ भनेर सदनमा बोलेछन् । म पुगेको थिइनँ  सदनमा । म जानुअघि नै बोलिसकेका रहेछन् । त्यसको तीन घण्टापछि त पत्रै फेला प¥यो ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us