एमाले र कांग्रेस माओवादीसँग मिल्न आउँछन्, चाबी त हाम्रै हातमा त छः प्रचण्ड

काठमाण्डु टुडे २०७९ असार ९ गते १४:०२ मा प्रकाशित

praकाठमाण्डु, ९ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनपछि एमाले र कांग्रेस माओवादीसँग एकता गर्न आउने दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

गत निर्वाचनहरुमा माओवादी केन्द्र अन्य दलहरुसँग मिलेर जानुपर्ने अवस्था रहेको तर सत्ता सञ्चालनको चाबी आफ्नै हातमा रहेकाले उनले यस्तो बताएका हुन् ।

‘प्रदेश र संघको निर्वाचनपछि हाम्रो सपना के हो भने हामी अरुसँग मिल्न जान पर्ने होइन अरु हामीसँग मिल्न आउन पर्यो । कांग्रेस र एमाले माओवादीसँग नमिले उनीहरुको कुनै उपाय नहुने ठाउँमा पुर्याउन सकिन्छ ।’ उनले भने, ‘अहिले त हामी कि कांग्रेससँग मिलेर जानुपर्ने कि त एमालेसँग मिलेर जानुपर्ने स्थिती छ । चाबी त हाम्रै हातमा त छ । तर त्यो कस्तो चाबी छ भने हामी एउटा न एउटासँग मिलेर जानुपर्ने त्यसपछि मात्र खुल्छ त्यो ।ताला खोल्नलाई चाँही एउटासँग मिल्नुपर्ने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us