सरकारले गर्यो निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाण्डु टुडे २०७९ जेठ १५ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।

त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us