आगामी वर्ष आयात २० प्रतिशत घटाइने

काठमाण्डु टुडे २०७९ जेठ १५ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे ।

यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us