विमान खोज्न पैदल गयो सेना र प्रहरीको टोली

काठमाण्डु टुडे २०७९ जेठ १५ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– आइतबार बिहान बेपत्ता भएको तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ। नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको छ।

हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ। प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us