सरकारको नीति कार्यक्रम संसदबाट पारित

काठमाण्डु टुडे २०७९ जेठ १४ गते २०:३७ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदमा १० जेठमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाले पारित गरेको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरे ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । बैठकले प्रतिपक्षी सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्ताव खारेज गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us