लिपुलेक र कालापानीसम्बन्धी पुस्तक ओलीले रोक्नुभयोः पोखरेल

काठमाण्डु टुडे २०७९ जेठ १४ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चुच्चे नक्सासहितको पुस्तक वितरणमा तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीको रोकेको खुलासा गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे धारणा राख्ने क्रममा प्रतिनिधिसधभा बैठकमा शनिबार पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक विद्यार्थीलाई नबाँड्न ओलीले दबब दिएको बताए । उनले बाहिर राष्ट्रियताको कुरा गर्ने ओलीको नियत भित्र अर्कै रहेको आरोप लगाए । । ‘यो सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले राष्ट्रियता र प्रजातन्त्रबारे लामो ब्याख्या गर्नुभयो, उनले भने, ‘म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक र कालापानीसम्बन्धी पुस्तक उहाँले रोक लगाउनुभयो ।’

ओलीको किताब रोक्नुको कारणबारे कुनै जवाफ नदिएको बताए । ओली प्रजातन्त्र र राष्ट्रियताको कठघरामा रहेको पोखरेलले बताए । उनले नेता राष्ट्रियता र कुटनीतिलाई राजनीतिक दाउपेचको विषय नबनाउन ओलीलाई सुझाव दिए । पोखरेल ओली प्रधानमन्त्रीको सरकारमा शिक्षामन्त्री थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us