ओलीलाई प्रचण्डको चेतावनीः ल अब प्रधानमन्त्री भएर देखाउनुस् त

काठमाण्डु टुडे २०७९ जेठ १४ गते १२:१४ मा प्रकाशित

cWoIf bfxfn
sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm”dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{‘ePkl5 cfOtaf/ dfcf]jfbL s]Gb|sftkm{af6 wf/0ff k|:t’t ug{‘x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/M /Tg >]i7, /f;;

काठमाण्डु, १४ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली अब कुनै दिन प्रधानमन्त्री बन्न सम्भव नरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा शनिबार आफ्नो धारणा राख्दै प्रचण्डले अब प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिए ।

ओलीलाई दुई पटकसम्म माओवादीले प्रधानमन्त्री बनाएको प्रचण्डले स्मरण गरे । ‘दुई पटकसम्म तपाईंकै भाषामा माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो’, ओलीको नाम लिँदै उनले भने, ‘ ल अब प्रधानमन्त्री भएर देखाउनुस् त ।’ प्रचण्डले राष्ट्रियसभा निर्वाचन, बार एसोसिएसन हुँदै स्थानीय निार्वचनसम्म आउँदा ओलीले आफ्ना खराब प्रवृत्तिको समीक्षा गर्लान् भन्ने लागे पनि उनको अहंकार अझै नघटेकामा चिन्ता व्यक्त गरे ।

ओलीले तीन घण्टासम्म संसदमा भाषण गर्दा आत्मालोचना नगरेको भन्दै उनले आश्चर्य प्रकट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us