५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।

सार्वजनिक घटना अनुसार एक छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

होटल लगेर बलात्कार गरेका उनले पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर दुई वर्षसम्म बलात्कार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us