थप २१ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२८ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १२९ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us