भरतपुरमा प्रचण्डको धम्कीका कारण चुनावा जितेको ओलीको आरोप

काठमाण्डु टुडे २०७९ जेठ १२ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा धम्कीका कारण चुनावा जितेको आरोप लगाएका छन्। चुनावअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्कीपूर्ण अभिव्यक्ति दिएका कारण भोट हाल्न बाध्य तुल्याइएको ओलीको टिप्पणी छ।

‘चुनावको सन्दर्भमा नेताहरुले यदि फलानोलाई भोट नदिने हो भने देश दुर्घटनामा जान्छ। यदि खुरुक्क हाल्छन् भने म उत्साहित हुन्छु। गठबन्धन कायम हुन्छ भने,’ उनले भने,  ‘जनतालाई धम्काउने र तर्साउने काम भयो। देशलाई दुर्घटनामा पुर्‍याउने भनिएको छ।’

उनले मतदाताले द्वन्द्वकाल सम्झिएर भोट हालेको बताए। ‘जनताले छोराछोरी विदेशिनु परेको सम्झिए। आतंक छाएको सम्झिए। मान्छे मारिएका र अपहरण भएको सम्झिए,’ ‌ओलीले थपे,  ‘बोरामा हालेर चितवनमा घिसारिएको सम्झिए। दुर्घटना सम्झिए।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us