बलात्कार मुद्दामा हद म्यादको प्रावधान हट्छः देउवा

काठमाण्डु टुडे २०७९ जेठ ११ गते २२:०३ मा प्रकाशित

नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

काठमाण्डु, १० जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा हद म्यादको व्यवस्था हटाउने गृहकार्य सुरु भएको बताएका छन् ।

काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) नेतृत्वमा गएको सांसदसहित सरोकारवालाको ज्ञापनपत्र बुझ्दै बुधबार बलात्कार मुद्दामा हदम्याद हटाउने बताएका हुन् ।

 

सुन्दरी प्रतियोगितामा सहभागी किशोरीलाई आयोजकले बलात्कार गरेको घटना आठ वर्षपछि सतहमा आएसँगै बलात्कार मुद्दामा हदम्यादको प्रावधान हटाइनुपर्ने आवाज व्यापक भएको छ ।

टोलीले स्थानीय तहमा सत्ता गठबन्धनका कारण महिला प्रतिनिधित्व घटेकामाा चिन्ता व्यक्त गरेको थियो । आसन्न संघ र प्रदेशको स्थानीय निर्वाचनमा यस्तो कमजोरी नगर्न देउवालाई नेतृहरुले सचेत गराए ।

जवाफमा देउवाले स्थानीय निर्वाचनमा महिला सहभागिता कम भएको स्वीकार गरे । आगामी दिनमा त्यस्तो कमजोरी नगर्ने प्रतिबद्धता उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us