एमाले संसदीय दलको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ जेठ ११ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

अहिले दिउँसो ३ बजे बानेश्वरमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एमालेका सांसद शेरबहादुर तामाङले जानकारी दिए।

सरकारले संसद्‌मा नीति तथा कार्यक्रम पेस गरिसकेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि संसद्‌मा छलफल हुँदैछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us