भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

काठमाण्डु टुडे २०७९ जेठ ११ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– विश्वमा खाद्य संकटको अवस्था सिर्जना हुने भएपछि भारतले एकपछि अर्को वस्तु निर्यातमा रोक लगाइरहेको छ ।

केही दिनअघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब चिनी निर्यात पनि बन्द गरेको छ ।

आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो ।

रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यातमा रोक लगाउन थालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us