तुलसीपुर उपमहानगर एमालेले जित्ने पक्का

काठमाण्डु टुडे २०७९ जेठ ११ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले जित्ने निश्चित भएको छ ।

मेयरमा एमालेका टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले जित्ने पक्का भएको हो । ७१ हजार १ सय ६६ मत गणना हुँदा खड्काले ३० हजार ३५ र चौधरीले २९ हजार ३ सय ४३ मत प्राप्त गरेकी छन् ।

मेयरमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६ सय ६९ मतसहित खड्कालाई पछ्याइरहेका छन् । उपमेयरमा गठबन्धनकै उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २० हजार १ सय ४४ मत प्राप्त गरेका छन् ।

मेयरमा खड्का भन्दा गिरी ३ हजार ३ सय ६६ मतले पछाडि छन् भने उपमेयरमा चौधरीभन्दा रानामगर ९ हजार २ सय १ मतले पछाडि छन् ।
कूल ७४ हजार ३ सय ३६ मत खसेकामा अब तीन हजार एक सय ७० मत गणना हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us