स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण भयोः राष्ट्रपति

काठमाण्डु टुडे २०७९ जेठ १० गते २३:०१ मा प्रकाशित

काठमाण्डु, १० जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताएकी छन् ।

संघीय संसदको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७/९८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको उल्लेख गरिन् ।

संविधान जारी भएपछि पहिलोपटक भएको निर्वाचनमा सबै वडाको सहभागिता नरहेको भन्दै राष्ट्रपतिले यसपटक ती वडामा समेत निर्वाचन भएकामा खुसी व्यक्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us