अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:३१ मा प्रकाशित

काठमाण्डु, १० जेठ– विदेशमा रहेका नेपालीले पनि अब निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाइने उल्लेख छ ।

‘आधुनिक सूचनाको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

गैरआवासीय नेपाली संघले लामो समयदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन लबिङ गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us