सिरहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १५:४९ मा प्रकाशित

सिरहा, ८ जेठ– सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको २० वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us