प्रधानमन्त्री देउवासँग अमेरिकी उपमन्त्रीको भेट

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्।

नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि आइतबार बिहान बालुवाटार पुगेको थियो।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले जनाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us