गुजरामा जसपाका सन्तलाल चौधरी विजयी

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १३:३१ मा प्रकाशित

रौतहट, ८ जेठ– रौतहटको गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार विजयी भएका छन् ।

निवर्तमान मेयर सन्तलाल चौधरी अर्को कार्यकालका लागि पनि विजयी भएका हुन् । चौधरी ५ हजार १४३ मत ल्याएर मेयर पदमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवार केशव राय चौधरी ४ हजार ७ सय ९९ मत प्राप्त गरेर पराजित भए ।

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उमेदवार शेख एकरामुल हकले ४ हजार ४ सय ९ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us