मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु

काठमाण्डु टुडे २०७९ जेठ ७ गते २१:०६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ भएको भ्यान दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

इन्द्रसरोबर गाउँपालिका–२ सिमखोलामा ना४च २३१५ नम्बरको भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको मकवानपुरमा र एक जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले काठमाण्डु आउँदै गरेको भ्यान पुलमा ठोक्किएर भ्यान दुर्घटना भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us