रेणु दाहाल झण्डै ७ हजार मतले अगाडि

काठमाण्डु टुडे २०७९ जेठ ७ गते २०:५९ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेकी छन् ।
८१ हजार १ सय ९ मत गणना गर्दा उनले ३१ हजार ६ सय ७६ मत ल्याएकी छन् । प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरेर रेणुलाई पछ्याइरहेका छन् ।
विजयभन्दा रेणु ६ हजार ६ सय ६६ मतले अगाडि छिन् । यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।

पमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतसहित अगाडि छन् । राप्रपाकी हिमला गुरूङले १९ हजार ४९५ मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us