ब्यास नगरपालिकाको मेयरमा पछि परे जोशी

काठमाण्डु टुडे २०७९ जेठ ७ गते १८:४० मा प्रकाशित

तनहुँ, ७ जेठ– तनहुँको ब्यास नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले अग्रता लिएका छन् ।

न्यौपानेले एमालेको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछि पारेका हुन् । जोशी पूर्वकाँग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन् । १९ हजार ७ सय २७ मत गणना हुँदा न्यौपानेले ७ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् । जोशीले ७ हजा ९ सय मत प्राप्त गरेका छन् ।

न्यौपाने र जोशीबीचको मतान्तर ८६ छ । मतदानको अनुगमन गर्न जाने क्रममा सत्ता गठबन्धनका कार्यकर्ताको आक्रमणमा घाइते भएका जोशी अस्पतालमा उपचार गराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us